बाराको जितपुरसिमरा उपमहानगरपालिकामा रहेको जगदम्बा स्टिल उद्योगको भट्टीमा बुधबार राति साढे ९ बजे अकस्मात विस्फोट भएको छ। फलाम पगाल्ने भट्टी अचानक ठूलो आवाजसहित पड्किएको घटनाले आसपासका बासिन्दालाई त्रसित बनाएको छ।
स्थानीयवासीका अनुसार विस्फोटको आवाज यति ठूलो थियो कि आसपासको जमिनसमेत थर्किएको अनुभव गरिएको छ। विस्फोटपछिको आगो र धुँवा देखिए पनि त्यसको नियन्त्रणबारे थप जानकारी सार्वजनिक गरिएको छैन।
इलाका प्रहरी कार्यालय सिमराका डीएसपी बेदप्रकाश जोशीले विस्फोटको पुष्टि गर्दै भने, “भट्टी कसरी पड्कियो भन्नेबारे प्रस्ट हुन बाँकी छ, क्षतिको विवरण संकलन भइरहेको छ।” उनले मानवीय वा भौतिक क्षतिबारे विस्तृत विवरण आउन बाँकी रहेको बताए।घटनाबारे अनुसन्धान जारी छ भने सुरक्षा निकाय र उद्योग प्रशासन घटनास्थलमा खटिएको जनाइएको छ।