सरकारले सन् २०३५ सम्म कुल विद्युत् उत्पादन क्षमता २८,५०० मेगावाटसम्म पुर्याउने ‘Energy Development Roadmap and Action Plan’ पनि तयार गरेको छ । यो योजना कार्यान्वयन हुँदा विद्युत् निर्यात वृद्धि हुनेछ र वार्षिक करिब रु ८८ अर्ब राजस्व उत्पन्न हुने तथा करिब ८ लाख ६५ हजार प्रत्यक्ष रोजगार सिर्जना हुने अपेक्षा गरिएको छ ।
सरकारको ऊर्जा योजना: दुई वर्षमा देशव्यापी विद्युतीकरण, प्रति व्यक्ति वार्षिक १५०० युनिट लक्ष्य
नेपालका ऊर्जा मन्त्री दीपक खड्काले सरकारको योजना अनुसार अर्को दुई वर्षभित्र सम्पूर्ण ग्रामीण र शहरी क्षेत्रमा शतप्रतिशत विद्युत् पहुँच पुर्याउने लक्ष्य राखिएको बताए। यसअन्तर्गत राष्ट्रिय ग्रिड नपुर्याइएको ठाउँमा सौर्य, सानो जलविद्युत् र पवन जस्ता वैकल्पिक स्रोत प्रयोग गरी विद्युतीकरण विस्तार गरिनेछ । साथै, आगामी १०–१२ वर्षभित्र वार्षिक प्रति व्यक्ति विद्युत् खपत १,५०० युनिटमा पुर्याउने लक्ष्य राखिएको छ ।