पूर्वी नेपालमा बालबालिकालाई लक्षित गर्दै सम्पूर्ण स्वास्थ्य सेवा प्रदान गर्दै आएको आर.के. चिल्ड्रेन्स अस्पताल प्रा.लि., विराटनगर–८, मेनरोडमा अवस्थित छ। बिगत ११ वर्षदेखि सञ्चालनमा रहेको यो अस्पताल पूर्वाञ्चलकै पहिलो विशेष बाल अस्पताल हो, जसले नवजात शिशुदेखि किशोरावस्थासम्मका बालबालिकालाई लक्षित गरेर आधुनिक, सुरक्षित र समर्पित सेवा प्रदान गर्दै आएको छ।
यहाँको प्रमुख आकर्षण नवजात शिशु सघन उपचार कक्ष (NICU), बाल गहन उपचार कक्ष (PICU), Intermediate Care Nursery, ECHO सेवा, डेन्टल सेवा, Deluxe Cabin, तथा २४ सै घण्टा विशेषज्ञ ओपीडी सेवा हो।
यहाँ कार्यरत वरिष्ठ बाल विशेषज्ञ डा. सुवोध शर्मा (MD Pediatrics and Adolescent Medicine) को अनुभव र समर्पणले बालबालिकाको उपचार अझ भरपर्दो र गुणस्तरीय बनाएको छ। बालरोग, बाल प्रतिरक्षा प्रणाली, नवजात शिशु स्याहार तथा सल्लाह सेवामा डा. शर्माको विशेष अनुभवले यस क्षेत्रका आमाबुबालाई ठूलो भरोसा दिलाएको छ।
अस्पतालमा बालबालिकाको स्वास्थ्य परीक्षण, सल्लाह, भर्ना सेवा, सघन उपचार, खोप तथा पोषणसम्बन्धी जानकारी प्रदान गरिन्छ। पूर्वी नेपालका विभिन्न जिल्ला र भारतको सीमावर्ती क्षेत्रबाट समेत यहाँ उपचारका लागि आउनेको संख्या बढ्दो छ।
स्थान: मेनरोड, विराटनगर–८
सम्पर्क: 📞 021-442177, 442584
सन्देश:
“बालबालिकाको सम्पूर्ण स्वास्थ्य समाधानका लागि टाढा जानु पर्दैन। पूर्वाञ्चलकै पहिलो बाल विशेषज्ञ अस्पताल — आर.के. चिल्ड्रेन्स अस्पतालमा आजै भ्रमण गर्नुहोस्!”