नेपाल डेरी संघका अनुसार असार १५ का दिन मात्र नेपालीहरूले रु. १.१ अर्बभन्दा बढीको दही खाएका छन्। कृषि दिवसका रूपमा मनाइने असार १५ मा परम्परागत रूपमा दही–चिउरा खाने चलन रहेको छ। देशभरिका डेरी र खुद्रा पसलहरूमा दहीको माग अत्यधिक बढेको जनाइएको छ। संघका अनुसार यो वर्षको बिक्री अघिल्ला वर्षभन्दा उल्लेखनीय रूपमा बढेको हो।
कृषिको सम्मान र मौसमी परिकारको स्वाद मनाउँदै दही–चिउराले असार १५को रौनक अझ बढाएको देखिन्छ।
21
Shares
१६ असार २०८२, सोमबार १६:१७