काठमाडौँ — नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले न्यायमा सर्वसाधारणको पहुँच घट्दो अवस्थामा रहेको भन्दै सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीश शान्ति थापासँग कडा प्रश्न गरेका छन्।
संसदीय सुनुवाइ समितिको सोमबारको बैठकमा बोल्दै कार्कीले सर्वोच्च अदालतमा ठूलो संख्यामा मुद्दाहरू पेण्डिङ रहेको र त्यसले न्यायप्रणालीप्रति जनताको विश्वास डगमगाएको बताए।
“न्यायालयप्रति आस्था घट्दै गएको छ,” उनले भने, “यी समस्या समाधानका लागि तपाईंको योजना के हो?”
बैठकमा न्यायाधीश शान्ति थापा र न्याय परिषद् सदस्य सिफारिसमा परेका महेशकुमार नेपालले आ-आफ्नो कार्ययोजना प्रस्तुत गरेका थिए।