झापा, अर्जुनधारा नगरपालिका–११ मा रहेको एक फर्निचर उद्योगमा आइतबार राति भीषण आगलागी भएको छ। मोती बहादुर खड्काले सञ्चालन गर्दै आएको उक्त उद्योगमा लागेको आगलागीबाट करिब १२ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ।

प्रहरीका अनुसार आगलागीले उद्योगमा रहेका काठ चिर्ने मेसिन तथा विभिन्न काठहरू पूर्णरूपमा नष्ट भएका छन्। आगलागीको सूचना प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट बसपार्कबाट प्रहरी सहायक निरीक्षक नोरजंग लामाको नेतृत्वमा टोली खटिएको थियो। प्रहरी र स्थानीयवासीको सक्रियतामा बिर्तामोड नगरपालिकाको दमकल प्रयोग गरी राति करिब साढे १२ बजेतिर आगो नियन्त्रणमा ल्याइएको थियो

21
Shares
१६ असार २०८२, सोमबार ०९:४२