मोरङको उर्लाबारी नगरपालिका–७ स्थित पूर्व बस स्टेण्डबाट १ सय ग्राम खैरो हेरोइन (ब्राउन सुगर)सहित भारतीय नागरिक मुनासिर अली र जन्हेरा खातुन आइतबार पक्राउ परेका छन्।
उनीहरूलाई इलाका प्रहरी कार्यालय उर्लाबारी र लागुऔषध नियन्त्रण ब्युरो काँकड्भिट्टाको संयुक्त टोलीले पक्राउ गरेको हो।
पक्राउ परेकाहरूविरुद्ध लागुऔषध ऐनअनुसार मुद्दा दर्ता गर्ने तयारी भइरहेको प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले जानकारी दिइन्।
हाल उनीहरूलाई इलाका प्रहरी कार्यालय उर्लाबारीमा राखेर थप अनुसन्धान भइरहेको छ।
उर्लाबारीमा लागूऔषध ब्राउन सुगरसहित दुई भारतीय नागरिक पक्राउ, अनुसन्धान जारी