नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रधानमन्त्री ओली र अर्थमन्त्री विष्णु पौडेलसँग भेट गर्दै सुनचाँदी, हवाई टिकट, पाँचतारे होटलहरूमा लगाइएको विलासिता कर र भ्याट हटाउन आग्रह गरेका छन्। उनले हालै बजेटमार्फत ल्याइएका केही नीति र कर व्यवस्थाले व्यवसायमा नकारात्मक असर पारेको बताए।
महासंघले यूरो ५/६ मापदण्ड हटाई यूरो ३ अनुसार आयात अनुमति दिन, जलविद्युत् कर छुट २०९२ सम्म बढाउन, मेला महोत्सव उद्योग वाणिज्य संघमार्फत मात्र गराउने व्यवस्था कायम गर्न, स्टिल, पुष्प र उपभोग्य वस्तु आयातमा नीति सरल बनाउन सरकारसँग माग गरेको छ।
प्रधानमन्त्री ओलीले निजी क्षेत्रमैत्री वातावरण बनाउने प्रतिबद्धता जनाएका छन्। महासंघले यी माग पुरा भए रोजगारी, लगानी र आर्थिक वृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गरेको छ।

21
Shares
१५ असार २०८२, आईतवार १७:५३