२०७८ माघ ६ मा टेलिकम र चिनियाँ कम्पनी एशियाइन्फो लिङ्केज टेक्नोलोजिजबीच भएको रियल-टाइम बिलिङ प्रणालीको सम्झौता प्रक्रियामा गम्भीर अनियमितता भएको अख्तियारको निष्कर्ष छ।
सम्झौताअनुसार वार्षिक मर्मतसम्भार शुल्क ५ प्रतिशतले घट्नुपर्ने भए पनि पूर्वनिर्धारित मूल्यभन्दा धेरैमा — २ करोड ५ लाख ६३ हजार डलरमा — सम्झौता गरिएको पाइएको छ।यसले कम्पनीको नीति र सार्वजनिक संस्थालाई हानि पुर्याउने ढंगमा निर्णय गरिएको भन्दै भ्रष्टाचार अभियोग दर्ता गरिएको हो।