समाजका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य योगेन्द्र मण्डलले अस्पतालको उद्देश्य विपन्न वर्गका लागि सुलभ, गुणस्तरीय र सहुलियतपूर्ण उपचार सेवा उपलब्ध गराउनु भएको स्पष्ट पार्नुभयो । अस्पताल सामाजिक व्यवसायको भावना अनुसार स्थापना गरिएको उहाँको भनाइ थियो।
अस्पताल उद्घाटन कार्यक्रममा स्थानीयबासी, स्वास्थ्यकर्मी तथा विभिन्न राजनीतिक र सामाजिक क्षेत्रका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
जीवन विकास सामुदायिक अस्पतालको स्थापना नेपालको पूर्वी क्षेत्रका स्वास्थ्य सुविधाबाट वञ्चित समुदायलाई लक्षित गरी गरिएको हो।