विराटनगर । सुनसरीको कोशी गाउँपालिका–१ लौकही भन्सार अगाडिबाट प्रहरीले २२.८१ ग्राम ब्राउनसुगरसहित ९ जनालाई पक्राउ गरेको छ।

भारतीय सीमा हुँदै लागूपदार्थ ल्याउँदै गरेको आशंकामा शुक्रबार पक्राउ गरिएकाहरूमा इटहरी–१५ का अजय चौधरी, कोशी–१ का हिमालकुमार मण्डल र करणकुमार मण्डल, कोशी–२ का दयानन्द यादव, धरान–१७ का विवेक विश्वकर्मा र संगम राई, धरान–१९ का सिमसन राई, बराहक्षेत्र–७ का कौशल कालिकोटे, र याकुव राई छन्।

उनीहरूको साथबाट भेटिएको ब्राउनसुगरबाट करिब २,४५३ डोज तयार हुने र बिक्रीका लागि भारतबाट ल्याइएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

प्रहरीले पक्राउ परेकाहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, सुनसरीमा राखेको छ।

259
Shares
२४ जेष्ठ २०८२, शनिबार १४:५४