दक्षिण कोरियाको राष्ट्रपतिमा विपक्षी डेमोक्रेटिक पार्टीका उम्मेद्वार लीजे म्युङ निर्वाचित हुनुभएको छ । निर्वाचनको अन्तिम मत परिणाम‌ स्थानिय समय अनुसार मंगलबार बेलुका आएको थियो ।
दक्षिण कोरियाका कुल मतदाता मध्य ८० प्रतिशत जनताले यसपटकको राष्ट्रपति चुनावमा मतदान गरेका बिबिसीले जनाएको छ ।‌
पूर्वराष्ट्रपति युन सुक–योलले ‘मार्शल ल’ को घोषणा गरेपछि उहाँलाई महाभियोग लगाएर पदबाट हटाइएको थियो । यसबीचमा विभाजनकारी विरोध प्रदर्शन र महिनौंको राजनीतिक अराजकता निम्तिएको थियो ।
42
Shares
२१ जेष्ठ २०८२, बुधबार ०८:१७