अन्य विजयी विद्यार्थीहरूमा सिनियर तर्फ प्रेरणा पण्डित (द्वितीय), कृतिका यादव (तृतीय), रोनी सापकोटा (चौथो) रहेका छन्। त्यस्तै, अंकिता श्रेष्ठ, इच्छा बज्राचार्य, अनिशा राई, सलोनी सोनी, ओमप्रकाश शर्मा, आयुष्मा आचार्य र महावीर कुमार मेहता पनि जिल्ला प्रतियोगिताका लागि छनोट भएका छन्।
जुनियर समूहमा द्वितीय बिप्लव दास, तृतीय आविष्कार कार्की र चौथो कोभिड कुन्डलिया घोषित भए। अन्य छनोट विद्यार्थीमा आयुषा कायुम खान, न्यान्सी कुमारी साह, पेसल पराजुली, सुश्रीन भट्टराई र रोहन साह छन्।
३१ विद्यालयका ५८ विद्यार्थी सहभागी प्रतियोगिता ललित कला संगम मोरङका अध्यक्ष प्रकाश चौधरीको नेतृत्वमा मूल्यांकन गरिएको थियो। कार्यक्रम संयोजक यादव प्रधानले प्रतियोगिताको उद्देश्य विद्यार्थीको सिर्जनात्मकता र चित्रकला रुचिलाई प्रवर्धन गर्नु रहेको वताउनुभयो।
प्याब्सनका विभिन्न पदाधिकारीहरूले विजयी विद्यार्थीलाई बधाई दिँदै आगामी जेठ २९ गते जिल्लास्तरीय प्रतियोगितामा सहभागी हुने विद्यार्थीलाई शुभकामना दिए।