नेपालले ७ महिनापछि एकदिवसीय खेल खेल्न लागेको हो। लिग टूको अंक तालिकामा नेपाल १२ खेलमा ६ अंकसहित पुछारमा छ भने स्कटल्याण्ड १६ खेलमा २० अंकसहित चौथो स्थानमा रहेको छ।
नेपालले आगामी खेलहरूमा नेदरल्यान्ड्स र स्कटल्याण्डसँग फेरि प्रतिस्पर्धा गर्नेछ। अभ्यास खेलहरूमा राम्रो प्रदर्शन गरे पनि स्कटल्याण्ड ए सँगको एक खेलमा हार र अर्को वर्षाले रोकिँदा चुनौती थपिएको छ।विश्वकप लिग टू आजदेखि शुरू, नेपाल र स्कटल्याण्ड भिड्दै
विराटनगर । विश्वकप लिग टू अन्तर्गत नेपाल, स्कटल्याण्ड र नेदरल्यान्ड्सबीचको त्रिकोणात्मक क्रिकेट शृङ्खला आजदेखि स्कटल्याण्डमा शुरू हुदैछ । पहिलो खेलमा नेपालले स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ। खेल नेपाली समयअनुसार दिउसो ३.४५ बजे शुरू हुनेछ।