विराटनगर । नेकपा एमालेको भातृ संगठन नेपाल खेलकुद महासंघ कोशी प्रदेश कमिटीको अध्यक्षमा रोहित कोइराला चयन भएका हुनुभएको छ । दमकमा सम्पन्न महासंघको दोस्रो प्रदेश अधिवेशनबाट कोइराला अध्यक्षमा चयन हुनुभएको हो ।

अधिवेशनले ४२ सदस्यीय कमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्षमा झापाका भिम लिबाङ्ग, महिला उपाध्यक्षमा धनकुटाकी सृजना भुजेल, सचिवमा मोरङका हेमन्त सुवेदी, उपसचिवमा झापाका सुरज साँवा, उदयपुरका कर्ण थापा र कोषाध्यक्षमा सुनसरीका सुरेश गिरी चयन भएको महासंघका केन्द्रीय सचिव विप्लव घोषले जानकारी दिनुभयो । नवनिर्वाचित कमिटीमा प्रदेशका विभिन्न जिल्ला र खेलसंघका प्रतिनिधिहरूको सहभागिता रहेको उहाको भनाई छ ।

अधिवेशनलाई सम्बोधन गर्दै महासंघका केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेतले महासंघले जनस्तरबाट उठ्ने खेलकुद क्षेत्रका एजेण्डा र खेलक्षेत्रको उत्थानको लागि काम गर्न निर्देशन दिनुभयो। बस्नेतले महासंघ एमालेको जनसंगठन भएकोले संगठनमा आवद्धहरूले खेलक्षेत्रमा कार्य गर्दै पार्टीको नीति र नेतृत्वको रक्षा र प्रचारमा लाग्नु पर्ने बताउनुभयो ।
21
Shares
१६ जेष्ठ २०८२, शुक्रबार ०९:४७