“गणतन्त्रको विकल्प सम्मुनत गणतन्त्र नै हो । गणतन्त्रको विकल्प राजतन्त्र होइन । राजतन्त्रको बारेमा कुरा उठिरहेको छ,” उहाँ भन्नु हुन्छ, “बाबु भएन भने छोरा, छोरा भएन भने नाति, कुन दिन जन्मिँदै गरेको पनातिलाई जिम्मा दिऊँ भन्ने कुरा आउला त्यो हुनाले वंशको शासन हामीलाई चाहिएको छैन ।”
उहाँले पूर्वराजा ज्ञाानेन्द्र शाहलाई मुलुक सञ्चालनको चिन्ता भए प्रधानमन्त्री बनेर आउन चुनौती दिनुभयो । “यदि मुलुक सञ्चालन गर्ने चिन्ता कसैलाई लागेको हो भने प्रधानमन्त्री भएर आए हुन्छ । चुनावको मैदानमा उत्रिए हुन्छ । जनताको मन र विश्वास जिते हुन्छ,” उहाँले भन्नुभयो।प्रतिस्पर्धाबाट मन जितेर अघि बढ्ने आँट गर्न उहाँले पूर्वराजालाई चुनौती दिनुभयो । अध्यक्ष नेपालले इतिहासको पांग्रा पछि धकेल्न नदिइने पनि बताउनु भयो ।
अहिले अरू पार्टीसँग एकता गर्ने सम्भावना नदेखिएको साथै कम्युनिस्ट पार्टीको विकल्प अरू पार्टी हुन नसक्ने उहाँको दाबी छ । पार्टी निर्माणको अभियानमा दृढताका साथ लाग्न नेता–कार्यकर्तालाई उहाँले निर्देशन दिनुभयो ।