उहाँले सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना दिनुभएको हो ।
आजको दिन शाही दमन चिरेर जनताले इतिहास लेखेको दिन भएको स्मरण गराउनु भयो ।‘मुकुटको होइन–मुलुकको हितले स्थान पाएको दिन, सिंहासनको अभिमान तोडेर नागरिकको स्वाभिमान स्थापित भएको दिन, जनताको सात दशक लामो बलिदानीपूर्ण सङ्घर्षले विजय प्राप्त गरेर गणतन्त्र आर्जन गरेको दिन,’उनले लेखेका छन्,‘गणतन्त्र दिवसको गरिमामय अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई हार्दिक शुभकामना, जय–जय–जय नेपाल ’, प्रधानमन्त्री ओलीले लेख्नुभएको छ ।
आज १८ औं गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइदै छ ।