काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आफुहरुले गर्न जेठ १५ गते गर्न  लागेको आन्दोलन प्रधानमन्त्री केपी शर्मा ओलीले भड्काउने अभिव्यक्ती दिएको आरोप लगाएको छ।
आज (मंगलबार) सम्पादकहरूसँगको छलफलमा अध्यक्ष राजेन्द्र लिङ्देनले यस्तो आरोप लगाउनु भएको हो । । वर्तमान सरकारले  संविधानले दिएको स्वतन्त्रता सरकारले कुन्ठित गर्न खोजेको उहाँको आरोप छ ।
प्रधानमन्त्री ओलीको बयानको चौतर्फी आलोचना भइरहेको बेला राप्रपाले यस्तो आरोप लगाएको हो ।

‌‘प्रधानमन्त्री हाम्रो १५ जेठको कार्यक्रमलाई भड्काउन खोज्दै छन् । गलत भनाइ सच्याउने वा प्रधानमन्त्रीले नै राजीनामा दिनुपर्ने स्तरको अभिव्यक्ति प्रधानमन्त्री ओलीबाट आयो,’ अध्यक्ष लिङ्देनले भन्नुभयो ।

आफूहरुले रत्नपार्कबाट कार्यक्रम गर्ने भन्दा प्रधानमन्त्रीको दलले त्यहीँ नजिकै कार्यकर्ता बोलाएर भिडाउन खोजेको उहाँले बताउनु भयो। राजावादीहरूले १५ जेठमा राजा फर्काउने आह्वानसहित आन्दोलन घोषणा गर्नुभएको छ ।

त्यस दिन ओलीले काठमाडौं नेकपा एमालेको नियन्त्रणमा हुनुपर्ने भन्दै कार्यकर्तालाई सोहीअनुसार आवश्यक तयारी गर्न निर्देशन दिनुभएको थियो  ।

प्रधानमन्त्री ओलीको अभिव्यक्तिप्रति राजावादी संस्थाहरु, राजनीतिक दलहरु र तिनका नेताका साथै राष्ट्रिय मानव अधिकार आयोगले समेत प्रधानमन्त्री ओलीको उक्त  आपत्ति जनाएका छन् ।

28
Shares
१३ जेष्ठ २०८२, मंगलवार १५:४३