अध्यक्षमा निर्वाचित भट्टराईले १ हजार ८ सय ८९ मतले प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्धन्दी रामवहादुर घिमिरेले १ हजार १ सय ५४ मत प्राप्त गर्नुभएको भएको थियो ।
खानेपानीको उपभोक्ता समितिको महिला उपाध्यक्षमा सावित्रा पोखरेलउपाध्यक्षमा भोलानाथ घिमिरे, सचिवमा प्रदीपकुमार नेपाल, कोषाध्यक्षमा सरोज घिमिरे निर्वाचित हुनु भएको छ ।मानगढ खानेपानी आयोजना अन्तरगत ५ हजार ९ सय ८८ उपभोक्ता मध्ये शनिबार भएको निर्वाचनमा ३ हजार ९६४ जनाले मतदान गरेका थिए ।
गत वर्ष मानगढ खानेपानी कै निर्वाचनको विषयले एमाले मोरङमा विवाद मच्चिएको थियो । संस्थापन पक्षले पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध लागेको भन्दै विनोद ढकाल समूहबाट खानेपानीको निर्वाचनमा खटिएका तत्कालिन नगर अध्यक्ष सागर थापा, नवराज नेपाल र उम्मेदवार लालमणि भट्टराईलाई कारवाही गरेको थियो ।मानगढ खानेपानी आयोजनाको नयाँ नेतृत्व चयनको लागि २०८१ जेठ १९ गते भएको निर्वाचन उच्च अदालत विराटनगरले बदर गरेपछि पुन मतदान भएको हो ।