सुर्खेत । हुम्लाको नाम्खामा हिमपहिरोमा परेका पीडितलाई कर्णाली प्रदेश सरकारले ८ दिनपछि राहत सामग्री पठाएको छ ।

मुख्यमन्त्री यामलाल कडेलको निर्देशन दिएपछि प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय आज राहत पठाएको कानुन मन्त्रालयका प्रवक्ता उत्तम गौतमले जानकारी दिनुभयो ।
राहत सामाग्रीमा पाँच सेट टेन्ट, बिस क्वीन्टल खाद्यान्न, १८ सेट सोलार र म्याट्रेस आज विहान ११ बजे पठाइएको प्रवक्ता गौतमले बताउनु भयो ।

जेठ १ गते हुम्ला जिल्ला नाम्खा गाउँपालिका ६ तिलगाउँमा हिमपहिरो गएको थियो । जसका कारण १८ घरपरिवार विस्थापित भएका छन् ।
49
Shares
८ जेष्ठ २०८२, बिहीबार १६:४६