सहभागीहरूको सक्रिय सहभागिताले कार्यक्रममा उत्साह थपेको थियो।
साइकलहरू निम्न स्थान र व्यक्तिहरूलाई वितरण गरिएको थियो:
१. श्री बख्री आधारभूत विद्यालय – ७ वटा साइकल
२. आदर्श माध्यमिक विद्यालय – ८ वटा साइकल
३. विराटनगर महानगरपालिका वडा नं. 2 किशोरिहरूाई स्कूल जान को लागी ८ वटा साइकल
४. बुद्धनगर क्षेत्रका आर्थिक रूपमा कमजोर किशोरीहरूलाई – ७ वटा साइकल
५. विपन्न परिवारका सदस्यहरूलाई – बाँकी ५ वटा साइकल
साइकल प्राप्त गर्नेहरूका अनुहारमा खुसी देखिन्थ्यो। यो कार्यक्रमले विद्यालयसम्म पुग्न कठिन हुने बालबालिका तथा दैनिक जीविकोपार्जनमा संलग्न व्यक्तिहरूलाई सहज बनाउने विश्वास क्लबले लिएको छ।
रोटरी क्लब अफ विराटनगर डाउनटाउनले विगतदेखि नै शिक्षा, स्वास्थ्य, पानी–सञ्चार, महिला सशक्तीकरण लगायतका क्षेत्रहरूमा निरन्तर सेवा प्रदान गर्दै आइरहेको छ।

