यसैबीच बाढी प्रभावित १८ परिवारका ३२ जनालाई अझैसम्म राहत सामग्री पुगेको छैन । उनीहरु हिमशिखर आधारभूत विद्यालय र त्रिपालमा बसिरहे पनि घरबाटै खानेकुरा लिएर आउनुपर्ने बाध्यता छ ।
हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले पालिकाको अगुवाइमा वितरण गर्ने गरी चामल, नुन, तेल, मैदा, चिउरा, चिनी, चियापत्तीलगायत अति आवश्यक खाद्यान्न घोडा, खच्चर र मान्छेले बोकेर लगेका र आज त्यहाँ पुगेपछि वितरण गरिने बताउनुभयो ।