काठमाडौं ।  काठमाडौं महानगरपालिकाका वरिष्ठ नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेलाई स्पष्टीकरण सोधिएको छ ।
प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले पाण्डेलाई मंगलबार सात बुँदे स्पष्टीकरण सोध्नुभएको छ । चित्त बुझ्दो जवाफ नआए नगर प्रहरी पाण्डेलाई जागिरबाट समेत निकालिने भएको छ ।
प्रमुख प्रशासकिय अधिकृत गुरागाईंले सोधेको स्पस्ष्टीकरणमा कर्मचारीका रुपमा पालना गर्नुपर्ने आचरण तथा अनुशासनसमेत पालना नगरेको, सञ्चारमाध्ययममा अनधिकृत बयानबाजी गरेको, जनप्रतिनिधिसँग मुखमुखै लागेर अमर्यादित व्यवहार देखाएको, वतावरण शान्त पार्ने उदेश्यले दिएको आदेश पालना नगरी नियोजित ढङ्गले उत्तेजित बनाई द्वन्द्व निम्त्याउने काम गरेको उल्लेख गरिएको छ। साथै प्रमुख प्रशासकीय अधिकृत   कार्यालय प्रवेश गर्न नदिन बाटो छेकी अवरोध गरेको जस्ता कुरा उल्लेख छन् ।
नगर प्रहरी प्रमुख पाण्डेले काठमाडौं महानगरपालिकामा दोस्रो पटक हाजिर हुन आउनु भएका प्रमुख प्रशासकिय अधिकृत गुरागाईंलाई गत चैत २१ गते  नगरप्रहरीको दलबल उतारेर रोक्न खोज्नु भएको थियो । मेयर बालेन्द्र साहको निर्देशनमा गुरागाईंलाई छेक्न बस्नुभएको पाण्डेलाई त्यहीबेला कारबाहीको माग भएको थियो ।
 
28
Shares
६ जेष्ठ २०८२, मंगलवार १७:५५