विराटनगर । प्रतिनिधिसभाको आज आइतबार बसेको बैठकमा विद्युतको पोलमा चढेर काम गर्दा करेन्ट लागेर धुलिखेल नगरपालिका–७ मा मृत्यु भएको विषय उठेको छ ।

प्रतिनिधिसभाको आकस्मिक समयमा काभ्रेका सांसद सूर्यमान दोङ तामाङ, शिव नेपाली, सहराज अहमत फारुकीले पोलमा करेन्ट लागेर मृत्यु भएको विषयमा छानबिन गर्न माग गर्नुभयो । उहाँहरूले यो घटना मृत्यु भएको नभई हत्या भएको बताउँदै छानबिन गर्न माग गर्नुभएको हो।

सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ घारिबथानका उपेश नेपालीको शनिबार धुलिखेल नगरपालिका– ७ जिल्ला प्रशासन कार्यालय अगाडिको विद्युत् पोलमा चढेर काम गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको थियो ।

नेपाल विद्युत प्रधिकरणको हेलच्याक्रयाइले गर्दा बिजुलीको काम गर्ने प्राविधकहरुको अकालमा ज्यान जाने गरेको छ ।

56
Shares
४ जेष्ठ २०८२, आईतवार १२:२२