विराटनगर । कोशी प्रदेशसभाको सातौं तथा बजेट अधिवेशन आज आइतबार देखि सुरु हुदैछ।

दिउसो २ बजे सातौं अधिवेशनको पहिलो बैठक बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ।

बैठकमा प्रदेश प्रमुखको कार्यलयवाट प्राप्त भएको बैठक आह्वानका पत्रहरु पढेर सुनाइने र सरकारले ल्याएको ‘केही प्रदेश ऐनलाई संसोधन गर्न बनेको अध्यादेश २०८२’ सभामा टेबुल गरिने छ । साथै  प्रदेश सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको धारणा राख्ने कार्य सुची रहेको छ ।

 

7
Shares
४ जेष्ठ २०८२, आईतवार ०७:०३