देशको हालत समग्रमा जर्जर अवस्था आउनु र सुधार नहुनुमा सरकार र निजी क्षेत्र दुवैको हात रहेको पनि रिजालले बताउनु भयो । मुठ्ठी भरका उद्योगीलाई सरकारले काखी च्याप्दा समग्र निजी क्षेत्रलाई असर परेको उहाँको भनाई छ ।
सरकारले आम सर्वसाधारणलाई लामो समय देखाएको तर माखो पनि नमारेको आरोप उहाँले लगाउनु भयो ।