काठमाण्डाैं । नेपाल चेम्बर अफ कमर्सले आउँदो आर्थिक वर्षको बजेटबारे सरकारलाई एक सय एक बुँदे सुझाव पेश गरेको छ ।
सिंहदरबारमा आज आयोजित एक कार्यक्रमकाबीच चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलसमक्ष सुझाव पेश गर्नुभएको हो ।
अध्यक्ष अग्रवालले कृषि, पर्यटन, ऊर्जा क्षेत्रको विकास, रोजगारी सिर्जना, व्यावसायिक र औद्योगिक लगानीको वातावरण तथा उत्पादन वृद्धिलाई पहिलो प्राथमिकतामा राखेर सरकारले बजेट निर्माण गर्नुपर्ने बताउनुभयो ।

सरकारले लिएको आर्थिक वर्षको लक्ष्य पूरा गर्न नीतिगत स्थायित्वका साथै वास्तविक कर तथा राजस्वको स्रोत परिचालनबाट एवम् प्रतिबद्धता प्राप्त वैदेशिक सहायताका आधारमा यथार्थपरक बजेट ल्याउनुपर्ने चेम्बर अफ कमर्सले माग राखेको छ ।

14
Shares
२९ बैशाख २०८२, सोमबार १८:३०