विराटनगर। सांसद सोविता गौतमले विदेशमा रहेका युवाहरुलाई अब आउने २०८४ को निर्वाचनमा सहभागी हुन स्वदेश फर्कन आग्रह गर्नुभएको छ।
दोलखाको जिरीमा शनिवार संगठन विस्तारका लागि पुग्नु भएकी सांसद गौतमले विदेशमा रहेका नेपालीले‌ मतदान गर्न पाउने अधिकारको वेवास्ता गरेको प्रति आपत्तिसमेत जनाउनु भयो ।
विदेशमा बस्ने नेपालीलाई निर्वाचनमा भोट हाल्ने कानुन बनाउँदा रास्वपाको मत बढ्छ भन्ने डर वर्तमान गठबन्धनका दलहरूलाई रहेको सांसद गौतमको जिकिर छ । ‘यतिबेला सर्वोच्च अदालतले विदेशमा रहेका नेपालीलाई पनि भोट हाल्न पाउने व्यवस्था गर भनेर राज्यलाई निर्देशन दिएको छ । तर, सरकारले सुने पनि नसुनेजस्तो गरेर बसेको छ,’ उहाँले भन्नुभयो।
21
Shares
२८ बैशाख २०८२, आईतवार ०७:१०