मुलुककै अग्रणी पत्रकारिता प्रशिक्षण संस्था नेपाल प्रेस इन्ष्टिच्यूटले विभिन्न समयमा आवधिक तालिमहरु प्रदान गर्दै आएको छ । पत्रकारहरुको सीप अभिवृद्धि गर्न खोज पत्रकारिता तालिम, विकास पत्रकारिता तालिम र वातावरण लगायत विषयमा पनि केन्द्रले तालिम दिंदै आएको छ ।
एनपीआईको लोकप्रिय १० महिने पत्रकारिता तालिमको परीक्षा सम्पन्न
विराटनगर । नेपाल प्रेस इन्ष्टिच्यूट (एनपीआई)को लोकप्रिय १० महिने पत्रकारिता तालिम, ४०औं समूहको अन्तिम परीक्षा आज काठमाडौं र विराटनगरमा सम्पन्न भएको छ ।
आज विहान ७ देखि ९ बजेसम्म परीक्षा संचालन भएको थियो। दुईवटा परीक्षा केन्द्रमा १५ जना प्रशिक्षार्थी पत्रकारहरु सहभागी भएका एनपीआईका तालिम संयोजक कपिल काफ्लेले जानकारी दिनुभयो। छुटेका अन्य ७ जनालाई पनि समय मिलाएर परीक्षा दिने व्यवस्था मिलाउने उहाँले बताउनु भयो।
४० औं समूहको तालिम अनलाइन माध्यमबाट २०८१ श्रावणबाट शुरुभएको थियो । ४१औं समूहको तालिम असारमा प्रारम्भ हुने संयोजक काफ्लेले बताउनु भयो ।