उहाँले प्रविधिमार्फत बीमा सेवा लिन सकिने ईसेवाको प्लेटफर्मले बीमालाई सहज, पारदर्शी र जनमैत्री बनाएको उल्लेख गर्नुभयो ।
ईसेवाका बिजनेस आउटरिच अफिसर बिष्णु गिरी र बिकाज रायमाझीले पनि बीमाको अर्थ, आवश्यक कागजात, दावी प्रक्रिया र नियमित प्रिमियम भुक्तानीको महत्वबारे स्पष्ट पार्नुभयो ।
कार्यक्रममा ईसेवाका प्रयोगकर्ता तथा सेवा प्रवाह गर्ने अजेन्टहरुको सहभागिता रहेको थियो । सहभागीहरूले यस्ता कार्यक्रमले आम सर्वसाधारणमा वित्तीय सचेतना फैलाउन ठुलो योगदान पुग्ने प्रतिक्रिया दिएका थिए ।
कार्यक्रमको अन्त्यमा सहभागीहरूलाई बीमा योजनाको विवरण, डिजिटल वालेटमार्फत सेवा प्रयोग गर्ने अभ्यास, लगायतको तरिका समेत सिकाइएको थियो ।