स्वास्थ्य, शिक्षा र आयजस्ता सूचकहरूमार्फत गरिएको विश्लेषणले कम विकास सूचकाङ्क भएका र उच्च सूचकाङ्क भएका देशहरूबीचको खाडल लगातार चौथो वर्ष पनि अझ फराकिलो बन्दै गएको देखाएको छ ।
विशेषतः कम सूचकाङ्क भएका देशहरू व्यापारिक तनाव, ऋण सङ्कट र प्रविधिमा आधारित बेरोजगार औद्योगिकीकरणका कारण थप समस्यामा परेका छन् ।
यद्यपि, प्रतिवेदनमा गरिएको सर्वेक्षण अनुसार, धेरैजसो नागरिकहरू कृत्रिम बुद्धिमत्ता अर्थात एआईको प्रभावप्रति यथार्थवादी तर आशावादी दृष्टिकोण राख्ने देखिएका छन् ।
सर्वेक्षणमा सहभागी १० मध्ये ६ जनाले प्रविधिले रोजगार क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने र भविष्यमा नयाँ प्रकारका रोजगारी सिर्जना गर्ने विश्वास व्यक्त गरेका छन् ।
संयुक्त राष्ट्रका महासचिवका उपप्रवक्ता फरहान हकले सन् २०२० र २०२१ को गम्भीर सङ्कटपछि विश्वले अपेक्षाअनुसार द्रूत गतिमा सुधार गर्ने विश्वास गरिएको थियो, तर त्यो सम्भव हुन नसकेको बताउनुभयो ।