संयुक्त राष्ट्रसंघले आतङ्ककारी भनेको पाकिस्तान निवासी मौलाना मसुद अजहरले बहावलपुरको शुभानअल्लाह मस्जिदमा भएको भारतीय हमलामा उनको परिवारका १० सदस्य तथा ४ निकट सहयोगी मारिएको बताएका छन्।
बुधवार उनको नेतृत्वको जैश-ए-मोहम्मद (जेइएम) समूहले एक वक्तव्य जारी गर्दै मारिनेहरूमा उनका दिदी र भिनाजु, भतिजा र भतिजा बुहारी अनि भतिजीसहित परिवारका अन्य पाँच बालबालिका रहेको उल्लेख गरेको छ।
सन् २०१९ को फेब्रुअरीमा भारत प्रशासित कश्मीरमा जेइएमले गरेको हमलामा ४० प्यारामिलिटरी सैन्य मारिएपछि दुई छिमेकी युद्धको संघारमा पुगेका थिए।
28
Shares
२४ बैशाख २०८२, बुधबार १४:५५