विराटनगर । धरानबाट चाेरी भएकाे बस विराटनगरमा फेला परेको छ । धरान उपमहानगरपालिका  –८ दुर्गापथस्थित ग्यारेजबाट चोरी भएको प्रदेश १ को ९७४९ नम्बरको बस मंगलबार दिउँसो विराटनगर महानगरपालिका – १२ मंगलबारेमा भेटिएको हो ।
शुक्रबार बिहानको राती चोरिएको बस खोजी गर्ने क्रममा पाटपूर्जा निकालिएकाे अवस्थामा विराटनगरमा भेटिएकाे हाे ।
 

बसको अगाडिको सिसाको माथिल्लो भागमा सिद्धदेवी यातायात र तल्लो भागमा याक्थुङ यातायात लेखिएको छ ।

धरानबाट चोरी भएको बस पूर्वपश्चिम हाइवेमा पर्ने खोर्सानेसम्म पुगेको सीसीक्यामेरामा देखिएको थियो । मंगलबार मंगलबारेमा वेवारिसे अवस्थामा बस देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

बस चोरी गर्ने गिरोहको खोजी भइरहेको प्रहरीले बताएको छ ।

28
Shares
१६ बैशाख २०८२, मंगलवार १४:२८