उनका अनुसार दुर्घटनामा परेर ट्याक्टरमा सवार सुनसरीको बर्जु गाउँपालिका–२ का ४५ वर्षीय गंगाराम साहको मृत्यु भएको हो ।
गम्भीर घाइते भएका साहलाई उद्धार गरेर उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल पठाइएको थियो । अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरिदिएको इन्स्पेक्टर लम्सालले बताए ।दुर्घटनालगत्तै ट्याक्टर चालक फरार रहेका छन् । फरार रहेका चालकको खोजी तीव्र पारेर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।