युवाले भविष्य निर्माणको सङ्कल्प गर्ने दिनको रूपमा वैशाख ११ गते भृकुटीमण्डपमा ‘यूथ सेलिब्रेशन’ समारोह आयोजना गर्न लागिएको अध्यक्ष थेबेको भनाइ छ । नयाँ पुस्तामा राजनीतिक परिवर्तनको महत्त्व स्थापित गर्ने योजना अन्तर्गत कार्यक्रम आयोजना गरिएकाले राष्ट्रव्यापी रूपमा युवाको सहभागिताका लागि त्यहाँ बहस हुने थेबेको भनाइ छ ।
भृकुटीमण्डपमा हुने युवा उत्सवमा प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीसमेत सहभागी हुनेछन् । कार्यक्रममा विभिन्न चर्चित कलाकार ब्यान्डको साङ्गीतिक प्रस्तुति, फोटो सेसन, टिकटक, लगायत युवाहरूलाई मनोरञ्जन दिन सकिने व्यवस्था मिलाएको एमालेले जनाएको छ ।‘यूथ सेलिब्रेशन’ मा सहभागी हुन आउनेहरूका लागि टुँडिखेल, रङ्गशाला र बग्गीखाना नजिकै सवारी पार्किङ गर्ने व्यवस्था मिलाइएको एमालेले जनाएको छ । कार्यक्रममा युवाका ‘यूथ स्पिकर’ समेत प्रस्तुत गरिने एमालेले जनाएको छ ।