लखनउले पहिले ब्याटिङ गर्दै दिएको १ सय ६० रनको लक्ष्य दिल्लीले १३ बल बाँकी हुँदा २ विकेट गुमाएर पूरा गरेको थियो। दिल्लीको जितमा अभिषेक पोरल र केएल राहुलले अर्धशतकीय इनिङ खेले। पोरेल ३६ बलमा ५१ रन बनाउँदा राहुल ५७ रनमा नटआउट रहे। त्यस्तै अक्षर पटेलले ३४ रन बनाउँदा करुन नायरले १५ रन बनाएका थिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लखनउका लागि एडन मारक्रमले ५२ रन बनाउँदा मिचेल मार्सले ४५ रन बनाएका थिए। त्यस्तै आयुष बडोनीले ३६ रन बनाउँदा अन्यको प्रदर्शन भने गतिलो रहेन। दिल्लीका लागि मुकेश कुमारले ४ विके६ लिंदा मिचेल स्टार्क र धुसामानथ चामेराले समान १-१ विकेट लिएका थिए।जितसँगै दिल्लीले ८ खेलबाट ६ जित र २ हारसहित १२ अङ्क बनाएको छ। नेटरनरेटमा गुजरात भन्दा दिल्ली पछि रहँदा दोस्रो स्थानमा छ। प्रतियोगितामा आज हैदराबाद र मुम्बइ खेल्दै छन्।