यसअघि चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनपछि सुवेदी प्रहरीको निगरानीमा घरमै रहेका थिए । उनको घरमा आजबाट प्रहरीले निगरानी छाडेको छ। यसबीचमा जगमान गुरुङलाई संयोजक बनाइएको थियो ।
१५ चैतमा राजावादी समूहले गरेको प्रदर्शनले हिंसात्मक रुप लिँदा दुई जनाको मृत्यु र प्रहरीको गोलीबाट २० जना घाइते भएका थिए ।त्यसक्रममा सार्वजनिक र निजी सम्पत्ति जलाइएका थिए । प्रहरीले अनुसन्धानका क्रममा राप्रपा नेता रवीन्द्र मिश्र, जनकमाण्डर तोकिएका दुर्गा प्रसाईंसहितका व्यक्तिहरू पक्राउ गरेको थियो । सुवेदीलाई भने घरमै निगरानीमा राखिएको प्रहरीले बताएको थियो ।