विराटनगर । सन् २०२५ को ‘मिस नेपाल क्यानाडा’ को उपाधि हेलिफ्याक्स निवासी अनु सुवेदीले जितेकी छन्। यसैगरी क्यालेडन निवासी मेघना गजमेरले ‘मिसेस नेपाल क्यानाडा’ को उपाधि हात पारेकी छन्।

मिस नेपाल क्यानाडा विधामा फर्स्ट रनरअप स्कारबोेरोकी प्रशंसा भट्ट बनेकी छन् भने मिसेस नेपाल क्यानाडातर्फ लन्डनकी मन्जु बस्नेत फर्स्ट रनरअप बनेकी छन्।

मिस विधामा सेकेन्ड रनरअप येलोनाइफ निवासी स्वर्णपरी श्रेष्ठ बनेकी छन् भने मिसेसतर्फ स्कारबोरोकी प्रतीक्षा कुँवरले उक्त उपाधि जितेकी छन्।

यसैगरी, ब्राम्पटनकी पुष्पाञ्जली आचार्यले ‘पिपुल्स च्वाइस अवार्ड’ हात पारेकी छन्।

प्रतियोगितामा ‘क्याटवाक क्वीन’ को उपाधि अनु सुवेदी, ‘इलोक्वेन्ट क्वीन’ को उपाधि मन्जु बस्नेत, ‘कङ्जेनियालिटी क्वीन’ को उपाधि सुदीक्षा शर्मा, ‘बेस्ट कल्चरल ड्रेस’ तर्फ प्रशंसा भट्टले उपाधि प्राप्त गरे।

यस्तै, ‘क्वीन अफ कन्फिडेन्स’ उपाधि स्वर्णपरी श्रेष्ठ, ‘सोसल इम्प्याक्ट क्वीन’ को उपाधि अनु सुवेदी। ‘फोटोजेनिक क्वीन’ को उपाधि प्रतीक्षा कुँवर, ‘क्वीन अफ इन्स्पाइरेसन’ तर्फ पुष्पाञ्जली आचार्य, ‘क्वीन अफ काइन्डनेस’ मेघना गजमेर, ‘क्वीन अफ विस्डम’ सरिता पन्त, ‘क्वीन अफ एलिगेन्स’ मा पुष्पा लचिमास्युले प्राप्त गरे।

7
Shares
९ बैशाख २०८२, मंगलवार १९:४३