काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चारमाध्यमहरुले योजनाबद्ध रुपमा प्रधानमन्त्रीको असहयोगको कारण शिक्षामन्त्रीले राजीनामा दिएको भन्ने भ्रम पैदा गरेको बताएका छन्।

मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले स्वास्थ्यको कारण देखाउँदै राजीनामा दिएकी मन्त्री भट्टराईको विषयमा सञ्चारमाध्यमहरुले प्रधानमन्त्रीलाई दोष देखाउँदै समाचार प्रकाशित गरेको भन्दै प्रधानमन्त्री ओली आक्रोशित भएका हुन्।

उनले स्वास्थ्यको कारण देखाएर स्पष्ट रुपमा राजीनामा दिँदा आफूविरुद्ध किन आक्रमण भन्दै प्रश्न गरे। सबै सञ्चारमाध्यहरुले आफ्नोविरुद्धमा प्रस्ताव राखेर पारित नै गरेझैँ आक्रमण गरिरहेको उनको आरोप छ।

केही नयाँ राजनीतिक दलका नेताहरुले प्रधानमन्त्रीको राजीनामा आउनुपर्नेमा शिक्षामन्त्रीको राजीनामा आयो भनेकोप्रति उनले १५ महिना कुरेदेखि आफ्नो पनि राजीनामा आउने र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुने बताए। आफ्नो राजीनामा हेर्ने मन भए १५ महिना पर्खिन आग्रह गरे।

14
Shares
९ बैशाख २०८२, मंगलवार १९:४०