वर्षाले प्रभावित भएर १४ ओभरमा घटाइएको खेलमा बेंगलुरुले दिएको ९६ रनको लक्ष्य पञ्जाबले १२.१ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो । नेहाल वधेरा ३३ रनमा अविजित रहे । प्रियान्श आर्याले १६ तथा जोश इङ्लिसले १४ रन बनाए ।
बेंगलुरुका जोश हेजलवूडले ३ ओभरमा १३ रन दिएर ३ विकेट लिएपनि जितका लागि पर्याप्त बन्न सकेन । भुवनेश्वर कुमारले २ विकेट लिए ।त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बेंगलुरुले १४ ओभरमा ९ विकेट गुमाएर ९५ रन बनाएको थियो । टिम डेभिडले अविजित ५० रन बनाउँदा कप्तान रजत पाटिदारले २७ रन बनाए ।