‘मसँग सामान्य सरसल्लाह पनि नगरी पार्टीका अर्का साथीलाई आजको केन्द्रीय समितिको बैठकले प्रदेश इन्चार्ज तोकेकोमा म दु:खी छु’, उनले पत्रमा उल्लेख गरेका छन्, ‘यदि, म सँग सल्लाह मात्र गरिएको भए पनि म सहर्ष स्वीकार गर्ने थिएँ, । बरु उहाँको प्रस्तावक पनि बनिदिने थिएँ ।’
कार्यवाहक सभापति डीपी अर्याललाई राजीनामा पत्र पठाउँदै भण्डारीले अब आफू साधारण सदस्य मात्रै रहने उल्लेख गरेका छन् । ‘आज कै मितिबाट मैले सम्पूर्ण पदीय जिम्मेवारीबाट राजीनामा दिएको घोषणा गर्दछु’, उनले पत्रमा उल्लेख गरेका छन् ।उनले पार्टीले मूल्य र मान्यता विपरीत निर्णय लिएको आरोप लगाउँदै यसरी बर्खास्त गरिनुले आफूमाथि नैतिक दबाब र नैतिक संकट सिर्जना भएको बताएका छन् । रास्वपाले बिहीबार मात्रै सातै प्रदेशमा नयाँ ईन्जार्ज तोकेको थियो । जसअनुसार कोशीमा ईन्चार्जको जिम्मेवारी संसदीय दलका प्रमुख सचेतकसमेत रहेका सन्तोष परियारले पाएका छन् ।
रास्वपामा अहले एक पद नीतिले हलचल ल्याएको छ । बिहीबार मात्रै सांसद सुमना श्रेष्ठले पनि सह-महामन्त्री पदबाट राजीनामा दिएकी थिइन् ।