काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेको छ । पार्टीले आगामी वैशाख १७ गतेका लागि बैठक आह्वान गरेको हो। पार्टी मुख्यसचिव कृष्ण प्रसाद पौडेलले उक्त दिन दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बैठक बस्नेगरी आह्वान गरिएको जानकारी दिए ।

केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूको सहभागिता रहने बैठकले समसामयिक राजनीतिक विषयवस्तुमा छलफल र आवश्यक निर्णय गर्ने बताइएको छ ।

 
7
Shares
२ बैशाख २०८२, मंगलवार १९:३८