काठमाडौं । च्याम्पियन्स लिग सेमीफाइनलको पहिलो लेगमा इंग्लिस क्लब आर्सनलले स्पेनिस क्लब रियाल मड्रिडमाथि सानदार जित दर्ता गरेको छ । घरेलु मैदानमा आर्सनलले रियाल मड्रिडलाई ३–० ले पराजित गरेको हो ।

पहिलो लेग आफनो पक्षमा पार्न आर्सनलका लागि डेक्लन राइसले दुई गोल गरे । मिकेल मरिनोले एक गोल गरे । उनले ५८ र ७० औं मिनेटमा गोल गरे । मेरिनोले ७५ औं मिनेटमा गोल गरेका थिए । आर्सनलले अर्कोसाता दोसो लेग रियल मड्रिडको घरेलु मैदानमा खेल्नेछ ।

अर्को खेलमा इटालीको शीर्ष क्लब इन्टरले जर्मनीको बायर्न म्युनिखलाई २-१ ले हराउँदै नकआउट चरणमा अग्रता कायम गरेको छ । इन्टरलाई जित दिलाउन लुटारो मार्टिनेज र डेभिड फ्रेटेसीले गोल गरे । बायर्नका थोमस मुलरले एक गोल फर्काए ।
56
Shares
२६ चैत्र २०८१, बुधबार ०७:५०