विराटनगर । कोशी प्रदेशले मनाउन लागेकाे पर्यटन वर्ष २०८२ को उद्घाटन आज हुँदैछ । कोशी प्रदेशको पर्यटकीय क्षेत्र तीनजुरे मिल्के क्षेत्रबाट पर्यटन वर्षको शुभारम्भ हुन लागेकाे हाे ।

कोशी प्रदेशको विकास र पर्यटन प्रवर्धनका एक वर्षसम्म मनाइने पर्यटन वर्षको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने तयारी थियो । तर प्रधानमन्त्री ओली नआउने भएका छन् । उनले उपप्रधानमन्त्री प्रकाशमान सिंहलाई पठाएका छन् ।

तेह्रथुमका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीका अनुसार उपप्रधानमन्त्री सिंहले आजको कार्यक्रम उद्घाटन गर्ने तयारी छ ।

मूल आयोजक समितिका अध्यक्ष तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशको पर्यटन प्रवर्धन गर्ने लक्ष्यसहित पर्यटन वर्ष मनाउन लागिएको बताए ।

35
Shares
२६ चैत्र २०८१, बुधबार ०७:४८