रौतहट । खाल्डो खनेर गाडिएको अवस्थामा महिलाको शव फेला परेको छ । शवलाई उत्खनन् गरेर प्रहरीले पोस्टमार्टमका लागि पठाएको छ ।

रौतहटको बलेरी जंगलमा वृन्दावन नगरपालिका–१ की फूलमतिया देवीको शव फेला परेको रौतहट प्रहरीका प्रवक्ता डीएसपी दीपककुमार रायले बताए । उनका अनुसार चैत १४ गतेदेखि महिला बेपत्ता भएको उजुरी परेको थियो ।

घटनाको अनुसन्धानमा तालिम प्राप्त कुकुरसमेत प्रयोग गरियो । कुकुरकै मद्धतबाट गाडिएको अवस्थामा बिहीबार शव फेला परेको जानकारी डीएसपी रायले दिए ।

हत्या गरेर महिलालाई गाडिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । हत्यामा संलग्न भएको आशंकामा २ जना पक्राउ परेका छन् । थप अनुसन्धान भइरहेको र अनुसन्धानपछि वास्तविकता पत्ता लाग्ने डीएसपी रायले बताए ।

14
Shares
२१ चैत्र २०८१, शुक्रबार १४:१९