इन्डियन प्रिमियर लिग (आइपिएल)मा गुजरात टाइटन्सले लगातार दोस्रो खेलमा जित हासिल गरेको छ।

बुधबार राति भएको आफ्नो तेस्र खेलमा गुजरातले रोयल च्यालेन्जर्स बैंगलोरलाई ८ विकेटले पराजित गरेको हो। बैंगलोरको भने यो तेस्रो खेलमा दोस्रो हार हो।

टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ६९ रन बनाएको थियो। उसका लागि लियम लिभिङस्टोनले ५४ रन बनाउँदा जितेश शर्माले ३३ रन बनाए। त्यस्तै टिम डेभिडले ३२ रन बनाउँदा फिल साल्टले १४ रन बनाएका थिए। त्यस्तै रजत पाटिदारले १२ रन बनाए। गुजरातका लागि मोहम्मद सिराजले ३ विकेट लिंदा साइ किशोरले २ विकेट हात पारे।

१ सय ७० रनको लक्ष्य पछ्याएको गुजरातले उक्त लक्ष्य १७.५ ओभरमै २ विकेट गुमाएर पूरा गरेको थियो। उसका लागि जोस बटलरले ७३ रनको अविजित इनिङ खेलेका थिए। उनलाई सार्फन रुथफोर्डले ३० रनमा अविजित साथ दिए। उनी बाहेक शुभमन गिलले १४ रन बनाउँदा साइ सुदर्शनले ४९ रन बनाएका थिए।

आज प्रतियोगितामा कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदराबाद खेल्दै छन्। एक-एक जित निकालेकादुबै टोली आफ्नो चौंथो खेल खेल्न लागेका हुन्।
21
Shares
२० चैत्र २०८१, बिहीबार ०८:४९