काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पूर्वराजा ज्ञानेन्द्रले मुलुकमा भाँडभैलो, उत्पात मच्चाएर शासन–सत्ता हत्याउन चाहेको बताएका छन् । रुपन्देहीको कञ्चन गाउँपालिकामा आयोजित रुपन्देही क्षेत्र नम्बर ५ को तेस्रो क्षेत्रीय सम्मेलन उद्घाटन समारोहमा महामन्त्री थापाले काठमाडौंको तीनकुनेमा १५ चैतमा देखिएको घटनाले पूर्वराजाको नियत स्पष्ट पारेको बताएका हुन् ।

‘पूर्वराजा ज्ञानेन्द्र शाह नेपालमा उत्पात मच्चाएर, भाँडभैलो गरेर सत्ताकब्जा गर्न चाहनुहुन्छ । आफ्नो हातमा शासन सत्ता लिएर चलाउन चाहनुहुन्छ । यसमा लुकेको केही छैन,’ उनले भने, ‘तर उहाँको चाहना पूरा हुँदैन ।’

नेपालको राजतन्त्र बेलायतको जस्तो मर्यादित भएर बस्न नसक्ने पटकपटक पुष्टि भएको बताएका महामन्त्री थापाले कि राजाको शासन, कि जनताको शासन रोज्नु पर्ने अवस्थामा नेपाली कांग्रेसले जनताको शासन रोजेको स्पष्ट पारे ।
28
Shares
१९ चैत्र २०८१, बुधबार १८:३१