महाधिवेशनमा देशभरबाट ९ सय प्रतिनिधि र पर्यावेक्षक सहभागी छन् । चौतारीको नयाँ नेतृत्वका लागि वर्तमान उपाध्यक्ष गणेश पाण्डे र राजेश राईले उम्मेदवारी घोषणा गरिसकेका छन् ।
एमाले प्रचार विभाग सचिवको जिम्मेवारीबाट राजीनामा दिएका पाण्डेलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्ष बनाउन निर्देशन दिएका छन् । तर प्रतिनिधि भने संगठनमा पार्टीको हस्तक्षेप स्वीकार गर्न तयार छैनन । निर्वाचन मार्फत नयाँ नेतृत्व छनोट गर्नुपर्ने प्रतिनिधिको माग छ ।प्रेस चौतारीको महाधिवेशन सुरु
विराटनगर । नेकपा (एमाले) निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालको १० औं महाधिवेशन सुरु भएको छ । विराटनगरको होटल मनास्लुमा सुरु भएको अधिवेशन तीन दिनसम्म चल्नेछ । अधिवेशनको उद्घाटन नेकपा एमाले महासचिव शंकर पोखरेलले गरे ।