विराटनगर । विराटनगरमा मोटरसाइकल दुर्घटनामा परेर घाइते भएका १ जनाको उपचारका क्रममा मृत्यु भएको छ । विराटनगर महानगरपालिका–९ ठाकुरबारी रोडमा गत चैत ४ गते दुर्घटना भएको थियो ।

प्रहरीका अनुसार ठाकुरबारी रोडबाट घोघापुल चोकतर्फ जाँदै गरेको प्र २–०१–००१ प ४११५ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर सडक छेउको बिजुलीको पोलमा ठोक्किएर दुर्घटनामा परेको हो ।

दुर्घटनामा मोटरसाइकल चालक मोरङको रंगेली नगरपालिका–७ का २१ वर्षीय यसकुमार साह गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि विराटनगरको विराट नर्सिङ होममा भर्ना गरिएको थियो । उपचारका क्रममा शनिबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।
119
Shares
८ चैत्र २०८१, शनिबार १६:२०