ट्रकसहित धनकुटा जिल्लाको शहीदभूमि नगरपालिका–४ बस्ने महेश राई र इलामको माइजोगाई गाउँपालिका–२ का ३७ वर्षीय गंगाबहादुर बस्नेत पक्राउ परेको प्रहरीले बताएको छ । इलामबाट झापातर्फ आउँदै गरेको को १ ख ५००१ र प्र १–०२–००२ ख ०५८४ नम्बरको मिनी ट्रक चेकजाँच गर्दा ५७ वटा बोरामा गाँजा भेटिएको थियो ।
उनीहरुको साथबाट नेपाली ८७ हजार ८ सय ८० रुपैयाँ र ५ थान मोबाइल सेटसमेत बरामद भएको प्रहरीले बताएको छ ।२ वटा ट्रकमा भेटियो १ हजार ६ सय ३६ किलो गाँजा
विराटनगर । प्रहरीले झापाबाट १ हजार ६ सय ३६ किलो गाँजा राखिएको ट्रकसहित २ जनालाई नियन्त्रणमा लिएको छ । मेची राजमार्गकाे बुद्धशान्ति गाउँपालिका–४ खण्डबाट शुक्रबार सशस्त्र प्रहरीले २ वटा ट्रकसहित चालकलाई नियन्त्रणमा लिएको हो ।